पूर्व डीआईजी छविलाल जोशी केहीदिन अस्पताल बस्ने
बिहीबार, २८ चैत २०८१, १७ : ११
बुटवल । स्वास्थ्यमा समस्या भएपछि भैरहवा कारागारबाट युनिसर्भल मेडिकल कलेजमा भर्ना भएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अझै तीनचार दिन अस्पताल बस्ने भएका छन् ।
२६ गते मंगलबार स्वास्थ्यमा समस्या आएपछि जोशीलाई कारागार प्रशासनले अस्पताल लगेको थियो ।
भैरहवा कारागार प्रशासन प्रमुख सुरेश भण्डारीले चिकित्सकले अझै तीनचार दिन अस्पताल बस्नुपर्ने बताएकोले जोशी अझै केही दिन अस्पताल नै बस्ने रातोपाटीलाई बताए ।
जोशीलाई प्रेसर र ईन्जाईटिक भएपछि युनिभर्सल मेडिकल कलेज लगिएको हो । उनलाई डाक्टर सन्दीप सुवेदीको नेतृत्वले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको आदेशमा जोशी विगत तीन महिना देखि भैरहवा कारागारमा छन् । उक्त प्रकरणमा पुर्व गृहमन्त्री रवि लामिछाने पनि भैरहवामै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण