वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
विराटनगर । चीन भ्रमणमा निस्कने क्रममा गाउँपालिका उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिने गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।
मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कानुनविपरीत वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।
गाउँपालिका अध्यक्ष माझीको उक्त निर्णयविरुद्ध उपाध्यक्ष गुणवतीदेवी थारूले कानुनविपरीत भएको भन्दै निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरमा रिट निवेदन दिएकी थिइन् । उक्त निवेदनमा सुनुवाइ गर्दै उच्चले यस्तो आदेश दिएको हो ।
माझीले वडाध्यक्ष भगतलाई सोमबार कार्यवाहकको जिम्मेवारी दिएर चाइना उडेका थिए ।
तर उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले बिहीबार उपाध्यक्ष थारूको रिटमाथि सुनुवाइ गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने अध्यक्ष माझीको निर्णय यथास्थितिमा राख्न भनेको छ ।
अध्यक्षको अनुपस्थितिमा उपाध्यक्ष उपलब्ध हुञ्जेल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्षले नै पाउने आदेश उच्चले पुनः दोहोर्याएको हो । यसअघि धरान उपमहानगर र झापाको कमल गाउँपालिकामा समेत यस्तै प्रकरणमा अदालतले वडाध्यक्षलाई कार्यवाहक दिने निर्णयमा रोक लगाएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण