उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी
विराटनगर । नौदिने चीन भ्रमणमा निस्किएका मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई दिएका छन् ।
उपाध्यक्ष गुणवतीदेखि थारूसँग राम्रो सम्बन्ध नभएको कारण उनले भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि नौदिने चीन भ्रमणमा जाँदैछन् ।
भ्रमणमा निस्कनुअघि कार्यालयका कर्मचारीहरूले उनलाई सोमबार खादा, माला र अबिर लगाएर बिदाइ गरेका थिए । माझीलाई कर्मचारीले भ्रमणको शुभकामना दिइँरहँदा सँगै जोडिएको कार्यकक्षमा रहेकी उपाध्यक्ष थारू भने सहभागी थिइनन् ।
उपाध्यक्षसहित नेकपा एमालेका जनप्रतिनिधिहरूको बहुमत रहेको ग्रामथानमा माओवादी केन्द्रबाट माझी गत उपनिर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । कार्यवाहक दिइएका रमेश भने माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण