सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग
बिहीबार, २८ चैत २०८१, २० : २८
पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ चेयर (कुर्सी) सहयोग गरेको छ ।
अस्पतालमा आयोजित एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरूप सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे ।
स्वास्थ्य क्षेत्रको लागि सानै भए पनि सहयोग प्रदान गर्न पाउँदा आफू हर्षित भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी यातना विरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण