जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
शुक्रबार, २९ चैत २०८१, १७ : १८
काठमाडौँ । काठमाडौँको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भएका रन्जित बस्नेत छन् । १८ वर्षीय बस्नेतलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।
चैत १५ मा पूर्वराजा समर्थकहरुको प्रदर्शनमा सहभागी बस्नेतले जडीबुटीमा आगजनी र ट्राफिक लाइट तोडफोड गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । तीनकुनेमा भएको प्रदर्शनमा अवान्छित गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको संख्या ८२ पुगेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण