औषधिको नयाँ कानुन ल्याउन मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ । सरकारले औषधि सम्बन्धी नयाँ ऐन बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा स्वास्थ्य सामग्रीको सम्बन्धमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तयार गरेको छ । मन्त्रालयले सो विधेयकलाई पूर्णता दिनका लागि थप राय समेत माग गरेको छ ।
मन्त्रालयले चैत २८ गते निर्णय गर्दै सो मस्यौदाका लागि १५ दिन भित्र सुझाव दिन आग्रह गरेको हो । औषधी तथा सौन्दर्य प्रसाधनको सुरक्षा, प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न, तिनको उत्पादन, आयात–निर्यात, बिक्री–वितरण, नैदानिक परीक्षण समेतका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न, सोको समुचित प्रयोग, सहज उपलब्धता, उत्तम अभ्यासको पालना, मापदण्ड र मूल्य निर्धारण प्रक्रियालाई उत्तरदायी र पारदर्शी बनाउन नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न कानुनको आवश्यकता भएको मन्त्रालयले उल्लेख गरेको छ ।
विधेयकको प्रस्तावनामा भनिएको छ– ‘औषधी, खाद्य समपूरक स्वास्थ्य सामग्री तथा सौन्दर्य प्रसाधनको सुरक्षा, प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न, तिनको उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण आयात–निर्यात, बिक्री वितरणसमेतका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न, सोको समुचित प्रयोग, सहज उपलब्धता, उत्तम अभ्यासको पालना, मापदण्ड निर्माण गर्न र मूल्य निर्धारण प्रक्रियालाई उत्तरदायी र पारदर्शी बनाउन तथा गुणस्तर नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकाले ।’
मन्त्रालयले यो विधेयकलाई थप राम्रो बनाउन सरोकारवालालाई १५ दिनभित्र [email protected] वा [email protected] मा पठाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्ग : पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण