उसु टोली सिक्किम प्रस्थान
मङ्गलबार, ०२ वैशाख २०८२, १६ : ३०
काठमाडौँ । प्रथम मुख्यमन्त्री सिक्किम उसु प्रो नाइट फाइटमा सहभागी हुन मार्सल आटर्स अर्गनाइजेसन नेपालबाट पाँच खेलाडीसहित आठ सदस्यीय टोली मंगलबार सिक्किमको गङटोक प्रस्थान गरेको छ ।
बुधबार हुने प्रतियोगितामा विभिन्न पाँच तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्यले ६० केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा राजिव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसँगै सिक्किम प्रस्थान गरेका छन् ।
हरेक स्पर्धामा पहिलो हुने खेलाडीले ५० हजार र दोश्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले बिदाइ गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण