सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
काठमाडौँ । सर्वोच्च अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाएको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले जोशीले दायर गरेको थुनुवा, दफा ७३ निवेदनमाथि सुनुवाई गर्दै जिल्लासँग कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।
गत माघ २८ गते रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको गरेको थियो ।
सोही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई भने एक करोड रुपैयाँ धरौटीमा छाडिएको थियो ।
चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै सहकारी ठगी प्रकरणमा लामिछानेलाई पनि थुनामा पठाउने आदेश गरेको थियो ।
सो आदेशविरुद्ध सर्वोच्चमा थुनुवा दफा ७३ निवदेन दायर भएकोमा गत आइतबार सर्वोच्चले उच्चसँग कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण