सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव बिथोलिने गरी सामाजिक सञ्जालमा भ्रामक सूचना प्रकाशन तथा प्रसारण नगर्न अनुरोध गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालमा समाजमा द्वेष एवं उत्तेजना सिर्जना हुनेगरी सार्वजनिक भएका भ्रामक सूचनाप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
“खासगरी पुराना घटनासँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामाग्री सार्वजनिक भएको पाइएको छ”, उनले भने,“यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने हुँदा त्यस्ता सामग्री पोष्ट गर्ने, शेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने कार्य गर्ने/गराउनेमाथि कानुन बमोजिम कारबाही भई जाने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण