अफगानिस्तानमा गयो भूकम्प
काबुल । बुधबार बिहान अफगानिस्तानमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का भारतका कयौँ क्षेत्रहरूमा समेत महसुस गरिएको बताइएको छ । यद्यपि, यसको सबैभन्दा ठुलो प्रभाव पाकिस्तान र ताजिकिस्तानमा पर्यो ।
बुधबार बिहान अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा ७५ किलोमिटर तल थियो। ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पलाई गम्भीर क्षति पुर्याउन पर्याप्त हुने गरी शक्तिशाली मानिन्छ । यद्यपि, अहिलेसम्म कुनै हताहत वा क्षतिको समाचार आएको छैन ।
म्यानमारमा पनि आइरहेछ भूकम्पको धक्का
यसअघि मार्च २८ मा म्यानमारमा गएको विनाशकारी भूकम्पपछिदिनहुँ त्यहाँको धर्ती हल्लिरहेको छ । सबैभन्दा पछिल्लो धक्का अप्रिल १४ मा आएको थियो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्प ४ रेक्टर स्केलको थियो ।
सोमबार बिहान १०ः०६ बजे जमिनबाट १०३ किलोमिटर मुनि भूकम्प गएको थियो । यसअघि आइतबार म्यानमारमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्र बिन्दु जमिनबाट १० किमी तल थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण