अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार राति पञ्जाब किङ्स र कोलकाता नाइट राइडर्सबिच खेल भएको थियो । दुबै टोलीका ब्याट्सम्यान निरीह बनेका उक्त खेलमा पञ्जाब १६ रनले विजयी भएको थियो ।
पहिले ब्याटिङ गरेको पञ्जाबले १५.३ ओभरमै अलआउट हुनुअघि एक सय ११ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोलकाता पनि १५.१ ओभरमै केवल ९५ रन बनाउँदै अलआउट भएको थियो ।
आईपीएलको इतिहासमा (ओभर नघटाइएको खेल) यो कीर्तिमानी खेल पनि बन्न पुग्यो । यसअघि कुनै पनि टोलीले पहिले ब्याटिङ गर्दै यति कम स्कोर बनाएर खेल जित्न सकेको थिएन । उक्त खेलका क्रममा अर्को एउटा रमाइलो घटना पनि भएको थियो ।
कोलकाता नाइट राइडर्स सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको थियो । त्यसअघि अम्पायरले कोलकाताका दुई ब्याट्सम्यान सुनिल नारिन र अंगकृष रघुवंशीले प्रयोग गर्ने ब्याटको परीक्षण गरेका थिए ।
केही समय दुबै ब्याट्सम्यानले प्रयोग गर्ने ब्याटको परीक्षण गरेपछि अम्पायरले अंगकृषलाई उनको ब्याटले खेल्ने अनुमति दिए । तर, अम्पायरले सुनिल नारिनलाई भने उनको ब्याटले खेल्ने अनुमति दिएनन् । उनलाई अर्को ब्याट्सको व्यवस्था गर्न निर्देशन दिए ।
अखिर किन अम्पायरले सुनिल नारिनलाई उनको ब्याटले खेल्ने अनुमति दिएनन त ? खासमा, सुनिल नारिनले प्रयोग गरेको ब्याट खेलका लागि निर्धारित मापदण्ड अनुसारको थिएन । ठुला प्रतियोगिताका क्रममा ब्याट्सम्यानले प्रयोग गर्ने ब्याटका लागि पनि निश्चित मापदण्ड बनाइएको हुन्छ ।
तर, सुनिल नारिनको ब्याट त्यो मापदण्ड अनुरुपको थिएन । सुनिल नारिनले प्रयोग गर्ने ब्याटको गहिराई निर्धारित मापदण्डभन्दा बढी भएकाले अम्पायरले उनलाई त्यो ब्याट प्रयोग गर्ने अनुमति नदिएका हुन् ।
नियम अनुसार, ब्याट्सम्यानले प्रयोग गर्ने ब्याटको गहिराइ २.६४ इन्च वा ६.७ सेन्टिमिटर हुनुपर्छ । तर, सुनिल नारिनले प्रयोग गर्ने ब्याटको गहिराइ त्योभन्दा बढी थियो । सुनिल नारिनले जारी सिजनको आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
उनले हालसम्म ६ खेल खेलेका छन् । उनले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध ४४ र चेन्नई सुपर किङ्सविरुद्ध पनि ४४ रन बनाएका थिए । तर, सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सविरुद्ध भने उनले गतिलो प्रदर्शन गर्न सकेनन् । मुम्बईविरुद्ध त उनले खातासम्म खोल्न सकेनन् ।
उनले लखनउविरुद्ध भने ३० रन बनाएका थिए । अम्पायरले ब्याट परिवर्तन गर्न लगाएको पहिलो खेलाडी भने होइनन्, सुनिल नारिन । यसअघि राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिचको खेलका क्रममा पनि अम्पायरले फिल साल्ट र शिमरन हेटमायरको ब्याट परिवर्तन गर्न लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण