आईपीएलमा ‘खेल मिलेमतो’ को आशंका, बीसीसीआईले जारी गर्यो कडा निर्देशन
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण हाल जारी छ ।
प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ । सहभागी टोलीहरु प्ले–अफ चरणमा स्थान बनाउन संघर्षरत छन् ।
आईपीएल इतिहासका केही बलिया टोलीहरु निरन्तरको निराशाजनक प्रदर्शनपछि अस्तित्व जोगाउन लागिपरेका छन् ।
यस्तो स्थितिमा आईपीएलको १८औँ संस्करणमा म्याच फिक्सिङ (खेल मिलेमतो) को चर्चा पनि सुरु भएको छ ।
निरन्तर रुपमा खेल मिलेमतोका समाचारहरु सर्वाजनिक भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) पनि गम्भीर देखिएको छ ।
बीसीसीआईले पनि जारी आईपीएलमा खेल मिलेमतोको प्रयास भइरहेको निष्कर्ष निकालेको छ ।
त्यसैले बीसीसीआईले आईपीएलमा सहभागी १० वटै टोलीलाई खेल मिलेमतोको सम्भावित खतराबाट टाढा रहन निर्देशन दिएको छ ।
बीसीसीलाईले सहभागी टोलीका मालिक, खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारीहरुलाई खेल मिलेमतोबाट टाढा रहन चेतावनी दिएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, बीसीसीआईले जारी आईपीएलमा खेलको कमेन्ट्री गरिरहेका अधिकारीहरुलाई पनि यस्तो निर्देशन जारी गरेको छ ।
बीसीसीआईका अनुसार, एक चर्चित व्यवसायी अहिले खेल मिलेमतो गराउन सक्रिय भएर लागेका छन् ।
आईपीएलमा खेल मिलेमतोको आशंका बढेपछि भ्रष्टाचार निरोधक सुरक्षा इकाई पनि सक्रिय भएर अनुशन्धानमा जुटेको बताइएको छ ।
‘क्रिमबज’ को एक समाचार अनुसार, जारी आईपीएलमा खेल मिलेमतो गराउन सक्रिय भएर लागेका व्यक्ति हैदराबादका एक चर्चित व्यवसायी हुन् । ती व्यवसायीको पहिचान भने खोलिएको छैन ।
उनको सम्बन्ध चर्चित सट्टेबाजहरुसँग रहेको बताइएको छ । बीसीसीआईका अनुसार, ती व्यवसायीले खेलको नतिजा प्रभावित पार्न खेलाडी र उनीहरुको परिवारसँग सम्बन्ध बढाउने प्रयास गरिरहेका छन् ।
ती व्यवसायीले आफू कट्टर समर्थक भएको बताउँदै आईपीएलमा सहभागी पदाधिकारी र खेलाडीहरुसँग सम्बन्ध बढाउने प्रयास गरिरहेका छन् । उनलाई टोलीका खेलाडी र पदाधिकारीहरु बस्ने होटलमा पनि धेरैपटक देखिएको बताइएको छ ।
नाम सार्वजनिक नगरिएका ती व्यवसायीले आईपीएलमा आबद्ध पदाधिकारी, खेलाडी र कर्मचारीहरुको परिवारलाई महंगा उपहारहरु दिएर सम्बन्ध बढाउने प्रयास पनि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण