विनाशकारी भूकम्पको संघारमा भारत
नयाँ दिल्ली । वैज्ञानिकहरूले भारतको भौगर्भिक भविष्यबारे चिन्ताजनक चेतावनी जारी गरेका छन् । भारतीय प्लेट अब दुई भागमा विभाजित हुँदैछ भनेर भूगर्भविद्हरूले संकेत गरेका छन् । यसले भविष्यमा देशमा भूकम्पको सम्भावना बढाउन सक्ने बताइएको छ ।
अमेरिकाको जियोफिजिकल युनियनमा यससम्बन्धी एउटा अनुसन्धान प्रतिवेदन छापिएको पनि छ । यसमा भारतीय प्लेट अब ‘डिलेमिनेशन’ नामक नयाँ भूगर्भीय प्रक्रियाबाट गुज्रिरहेको बताइएको छ ।
के हो डिलेमिनेशन ?
डिलेमिनेशन एक भूगर्भीय प्रक्रिया हो, जसमा टेक्टोनिक प्लेटको तल्लो भाग पृथ्वीको आवरणमा छिर्छ । यस अवधिमा प्लेट भित्र ठाडा दरारहरू उत्पन्न हुन्छन् । जसले यसको स्थिरतालाई असर गर्न सक्छ । यो प्रक्रियाले प्लेटहरूको संरचना परिवर्तन गर्न सक्छ र त्यस क्षेत्रमा भूकम्पजस्ता प्राकृतिक प्रकोपहरूको सम्भावना बढाउन सक्छ । विगत ६ करोड वर्षदेखि युरेशियन प्लेटसँग ठोक्किँदै आएको भारतीय प्लेट अब नयाँ चरणमा प्रवेश गरेको वैज्ञानिकहरूको विश्वास छ ।
यो खोज यस अर्थमा पनि महत्त्वपूर्ण छ कि यसले भारतमा हुने भूकम्पको गम्भीरता र प्रकृति बुझ्न मद्दत गर्नेछ । तिब्बती झरनाहरूमा भूकम्पीय तरङ्गहरू र हेलियम आइसोटोपहरूको विश्लेषण गरेपछि आफूहरू यो निष्कर्षमा पुगेको दाबी वैज्ञानिकहरूले गरेका छन् । यस क्रममा इन्डियन प्लेटभित्र एउटा ठाडो दरार भेटिएको थियो । यसबारे पहिला वैज्ञानिकहरूलाई थाहा थिएन ।
‘महादेशहरूले यस्तो खालका व्यवहार गर्न सक्छन् भनेर हामीले कहिल्यै कल्पना गरेका थिएनौँ । यो पृथ्वी विज्ञानको लागि निकै मौलिक खोज हो,’ युट्रेक्ट विश्वविद्यालयका भूगर्भशास्त्री डुवे भ्यान हिन्सबर्गन भन्छन् ।
यो खोजले यो कुरालाई प्रमाणीत गरिदिएको छ कि प्लेटको सतहको मोटाई र विशेषताहरू अलग अलग त हुन सक्छन् नै यसले टेक्टोनिक परिवर्तनहरूलाई असर गर्ने आन्तरिक प्रक्रियाहरू पनि धेरै छिटो परिवर्तन गर्न सक्छ भनेर उनले भनेका छन् । यो कुरा बुझ्न अत्यन्तै गाह्रो भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण