महोत्सव लगाएर हेमजाले बेच्यो ४१ लाखको आलु
पोखरा । आलुगाउँको पहिचान बनाएको पोखरा २५ हेमजाबाट यो वर्ष ५ हजार टन हाराहारी आलु उत्पादन भएको छ ।
पोखरा महानगरको कृषि महाशाखाका अनुसार हेमजाको ५ सय ५० हेक्टर क्षेत्रमा आलु खेती हुन्छ । २०६८ देखि २०७८ सम्म पुग्दा हेमजामा आलुखेती गर्ने किसानको संख्या घटेको छ । झण्डै १ हजार किसानले व्यावसायिक खेती गर्दै आएका छन् ।
गाउँमा उत्पादन भएको आलु बेच्न हेमजामा बर्सेनि महोत्सव आयोजना हुन्छ ।
स्थानीय विष्णुपादुका क्लबले सञ्चालन गर्ने महोत्सव आलुको उपभोक्ता र किसानको जमघट गराउने थलो बनेको छ । यो वर्ष ११ दिन चलेको महोत्सवबाट मात्रै ४१ लाखभन्दा बढीको आलु बिक्री भएको आयोजकले दावी गरेको छ ।
बढ्दो बसाइसराइँ र आवादीका कारण हेमजामा आलुको उत्पादन घट्दो क्रममा छ । क्लबका अध्यक्ष बसन्तकुमार श्रेष्ठ हेमजा कंक्रिटको जंगल बनेकोमा चिन्तित छन् ।
‘आलुलाई आइकन मानेर विश्वमा हेमजाको पहिचान स्थापित गर्ने अभियानमा छौँ । तर आलु फल्ने जमिनमा कंक्रिट थपिएका छन्,’ उनले भने, ‘सरकारले जग्गा खण्डीकरणका काम रोक्न नीति बनाओस् । हामी कार्यान्वयनका लागि पहल गर्छौं ।’ खेतीयोग्य जमिन नासिनुमा किसानहरू भने निकै चिन्तित छन् ।
जमिनको संरक्षणमा सघाउन सरकारसँग उनीहरूको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण