यस्तो छ ‘मोहर’मा पलको गेटअप
_MPiNZvrkaQ.jpg)
काठमाडौँ । नायक पल शाहको यो वर्ष रिलिज हुन लागेको पहिलो फिल्म हो, ‘मोहर’ । यो फिल्मलाई साउनको २३ गतेबाट रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ ।
फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्म ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको हो । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।
निर्माणपक्षले फिल्मका मुख्य नायक पल शाहको केही तस्बिरहरू सार्वजनिक गरेको छ । जहाँ, पल लामो कपाल पालेको अवतारमा छन् । उनको हातमा भरुवा बन्दुक समेत छ । यसले, पलको भूमिका कस्तो होला भन्ने कौतुहलता पैदा गर्ने देखिन्छ ।
दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।
फिल्म र आफ्नो भूमिकालाई लिएर पल शाह निकै नै उत्साहित छन् । उनले, यसपटक दर्शकले आफूलाई फरक गेटअपमा देख्न पाउने बताए ।
फिल्मको कथावस्तुको बारेमा निर्माणपक्षले अहिले गोप्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुलाकी सडकले सुगम बन्यो नरैनापुर
-
राजनराज र मेलिनाको स्वर रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक
-
महिला टी–२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)