आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन

शुक्रबार, ०५ वैशाख २०८२, १६ : ०९
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण अहिले जारी छ । 

करिब–करिब प्रतियोगिताका आधा खेल समाप्त भइसकेका छन् । आईपीएलको इतिहासमा अप्रिल १८ को दिन विशेष छ । 

आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो भने पहिलो खेल १८ तारिखमै खेलिएको थियो ।

पहिलो संस्करणको पहिलो खेल आजैको दिन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच बेंगलुरुको एम.चिन्नास्वामी स्टेडियममा खेलिएको थियो ।

उक्त खेलमा कोलकाताले बेंगलुरुलाई एक सय ४० रनले हराएको थियो । त्यसैले १८औँ संस्करणमा पनि आजको खेल एम। चिन्नास्वामी स्टेडियममै खेलिँदैछ । आजको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किङ्सको सामना गर्दैछ । 

आईपीएलको इतिहासमा पहिलो रन कुनै ब्याट्सम्यानले बनाएका थिएनन् । बरु लेग बाईका रूपमा पहिलो रन बनेको थियो । प्रवीण कुमारले फालेको बलमा लेग बाईमार्फत पहिलो रन बनेको थियो । 

आईपीएलको इतिहासमा पहिलो चौका प्रहार गर्ने खेलाडी भने न्युजिल्यान्डका पूर्व ब्याट्सम्यान ब्रान्डन म्याककुलुम हुन् । उनले जहिर खानको बलमा चौका प्रहार गरेका थिए । 

यसैगरी, आईपीएको इतिहासमा पहिलो विकेट लिने खेलाडी तीव्र गतिका बलर जहिर खान हुन् । त्यतिबेला उनी बेंगलुरुबाट खेल्थे । 

आईपीएलको पहिलो खेलको छैटौँ ओभरको दोस्रो बलमा जहिर खानले सौरभ गांगुलीलाई आउट गराएका थिए । उनको क्याच ज्याक कालिसले लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप