१७ वर्षअघि आजैको दिन खेलिएको थियो आईपीएलको पहिलो खेल, लेग बाईमार्फत बनेको थियो पहिलो रन
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण अहिले जारी छ ।
करिब–करिब प्रतियोगिताका आधा खेल समाप्त भइसकेका छन् । आईपीएलको इतिहासमा अप्रिल १८ को दिन विशेष छ ।
आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो भने पहिलो खेल १८ तारिखमै खेलिएको थियो ।
पहिलो संस्करणको पहिलो खेल आजैको दिन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच बेंगलुरुको एम.चिन्नास्वामी स्टेडियममा खेलिएको थियो ।
उक्त खेलमा कोलकाताले बेंगलुरुलाई एक सय ४० रनले हराएको थियो । त्यसैले १८औँ संस्करणमा पनि आजको खेल एम। चिन्नास्वामी स्टेडियममै खेलिँदैछ । आजको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किङ्सको सामना गर्दैछ ।
आईपीएलको इतिहासमा पहिलो रन कुनै ब्याट्सम्यानले बनाएका थिएनन् । बरु लेग बाईका रूपमा पहिलो रन बनेको थियो । प्रवीण कुमारले फालेको बलमा लेग बाईमार्फत पहिलो रन बनेको थियो ।
आईपीएलको इतिहासमा पहिलो चौका प्रहार गर्ने खेलाडी भने न्युजिल्यान्डका पूर्व ब्याट्सम्यान ब्रान्डन म्याककुलुम हुन् । उनले जहिर खानको बलमा चौका प्रहार गरेका थिए ।
यसैगरी, आईपीएको इतिहासमा पहिलो विकेट लिने खेलाडी तीव्र गतिका बलर जहिर खान हुन् । त्यतिबेला उनी बेंगलुरुबाट खेल्थे ।
आईपीएलको पहिलो खेलको छैटौँ ओभरको दोस्रो बलमा जहिर खानले सौरभ गांगुलीलाई आउट गराएका थिए । उनको क्याच ज्याक कालिसले लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण