सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१४ ओभरको खेलमा पञ्जाबले मार्‍यो वाजी, ५ विकेटले हार्‍यो बैंग्लुरु

शनिबार, ०६ वैशाख २०८२, ०४ : २४
शनिबार, ०६ वैशाख २०८२

काठमाडौं । इन्डियन प्रिमियल लिग (आईपीएल)को ३४औं खेलमा पन्जाब किंग्स विजयी भएको छ । एम चिन्नास्वामी रंगशालामा वर्षाका कारण साढे दुई घण्टा ढिलो सुरु भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५ विकेटले हरायो । 

वर्षाका कारण १४ ओभरमा छोट्याइएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले ९ विकेट गुमाएर ९५ रन बनायो । पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि बैंग्लुरुले पहिले व्याटिङ गरेको हो । बैंग्लुरुले दिएको ९६ रनको चुनौति पञ्जाबले ११ बल बाँकी छँदै अर्थात् १२ ओभर १ बलमा पार गर्‍यो । 

पञ्जाबका लागि नेहल वडेराले अविजित ३३ रन बनाए । ओपनर प्रियांश आर्यले १६, विकेट किपर जोज इंग्लिसले १४ र अर्का ओपनर प्रभसिमरन सिंहले १३ रनको योगदान दिए । बैंग्लुरुका जोश हेजलवुड एक्लैले तीन विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट लिए । 

यसअघि बैंग्लुरुका लागि टिम डेभिडले अविजित अर्धशतक अर्थात् ५० रन बनाउँदा  कप्तान रजत पाटीदारले २३ रन बनाएका थिए । अन्य व्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् ।पञ्जाबका अर्शदीप सिंह, मार्को जनसन, युज्वेन्द्र चहल र हरप्रीत बराडले समान दुई-दुई विकेट लिए भने जेभियर बार्टलेटले एक विकेट हात पारे । 

यो सँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबले शीर्ष स्थानको दिल्ली क्यापिटल्ससँग अंक बराबरी गरे पनि रनरेटका आधारमा पछि छ । पञ्जाबको ७ खेलबाट १० अंक हुँदा अहिलेसम्म एक खेल हारेको दिल्लीले ६ खेलबाट १० अंक जोडेको छ । बैंग्लुरु भने ७ खेलबाट ८ अंक बटुल्दै चौथो स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप