प्रसिद्धको शानदार बलिङबिच दिल्लीद्वारा २ सय ४ रनको लक्ष्य प्रस्तुत
अहमदाबाद । इन्डियन प्रियिमर लिग (आईपीएल) को ३५ औँ खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्ससामु जितका लागि २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३ रन बनाएको हो ।
दिल्लीलाई ओपनर करुण नयारले उत्कृष्ट सुरुवात दिलाए । उनले १८ बलमा २ चौका र २ छक्का हिर्काए । त्यस्तै, केएल राहुलले मात्र १४ बलमा २८ रन बनाए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।
कप्तान अक्षर पटेलले ३९ रनको योगदान दिए । उनले ३२ बलको सामना गर्दै १ चौका र २ छक्का हिर्काए । ट्रिस्टन स्टब्सले पनि २१ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतले ३१ रन जोडे ।
खेलको अन्यतिर आशुतोष शर्माले ३७ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले मात्र १९ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
गुजरातका लागि प्रसिद्ध कृष्णाले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । त्यसतै, साई किशोर, मोहम्मद सिराज, अर्सद खान र इशान्त शर्माले १–१ विकेट लिए ।
६ खेलबाट ५ खेल जित्दै दिल्ली हाल लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । गुजरात भने ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण