समाजवादी महिला संघको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ । सङ्गठनको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी वैशाख २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादवले जानकारी दिइन् ।
बैठकबाट महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन आर्थिक उपसमिति, जनपरिचालन उपसमिति तथा प्रचार प्रसार उपसमितिलगायतका उपसमिति गठन गरिएको छ । महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको यादवले बताइन् ।
संगठनले स्थानीय तह, जिल्ला समितिहरूका साथै चार प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । यसरी अधिवेशन सम्पन्न गरेका प्रदेशहरूमा कोशी प्रदेश समिति, मधेस प्रदेश समिति, बागमती प्रदेश समिति र लुम्बिनी प्रदेश समिति रहेका छन् । सङ्ठनको महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधि सहभागी हुने बताइएको छ ।
जसपा नेपालले वैशाख मसान्तसम्म अधिवेशन गरिसक्न पार्टीनिकट भ्रातृ संगठनलाई निर्देशन दिएको छ । तोकिएको समयमा अधिवेशन सम्पन्न नगर्ने भ्रातृ संगठनहरूलाई विघटन गरी नयाँ ढङ्गबाट कार्य अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण