सरकारले शिक्षकका माग र आन्दोलनलाई गम्भीरतापूर्वक लिएन – माओवादी इन्चार्ज गौतम
हेटौँडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमले सरकार जिम्मेवार नबन्दा विद्यालय भर्ना अभियान प्रभावित भएको बताएका छन् ।
सरकारले शिक्षकका माग र आन्दोलनलाई गम्भीरतापूर्वक नलिँदा विद्यालय भर्ना अभियान प्रभावित भएको उनको भनाइ थियो ।
शनिबार हेटौँडा औधोगिक क्षेत्रमा आयोजित अखिल नेपाल औधोगिक मजदुर संघको नवौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज गौतमले शिक्षक आन्दोलनलाई सरकारले व्यवस्थापन गर्न नसक्दा विद्यालय बन्द भई विद्यार्थीको पठनपाठन तथा परीक्षा अन्योल बनेको बताए ।
'शिक्षकहरूले शिक्षा ऐन माग्नुभएको छ । जुन सरकार स्वयंको दायित्व हो । यसलाई समयमै सम्बोधन गर्ने दायित्वबाट सरकार चुकिरहेको छ । १७ दिनमा आइपुग्दा बल्ल प्रधानमन्त्रीको घैंटोमा घाम लागेर भेटेको जस्तो देखियो । सरकारको यो स्तरको नालायकीपनले भर्ना अभियान प्रभावित भयो । विद्यार्थीको पठनपाठन र परिक्षा अन्योलमा पर्यो ।'
शिक्षकहरू दिनहुँ सडकमा आइरहँदा संसद्को विशेष अधिवेशन डाकेर भए पनि शिक्षा ऐन पारित गर्नुपर्ने नेता गौतमले सुझाव दिए ।
सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष बेनी तिमल्सिनाले सरकारले श्रम ऐन संशोधन गर्न तत्परता नदेखाए मजदुरहरू संघर्षमा उत्रिने चेतावनी दिए । उनले श्रम ऐन अनुसार श्रमिकका हक अधिकार पूर्ति तथा समस्या हल गर्न सरकारले काम गर्नुपर्ने बताए ।
सम्मेलनले शंकर विडारीको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा जयराम धिताल, गोमा न्यौपाने, धर्मदत्त कुईंकेल, सचिवमा कृष्ण भण्डारी, सहसचिवमा रोहित गिरी, कोषाध्यक्षमा शिवराज सन्जेल, सदस्यहरू लक्ष्मण छत्कुली, विष्णु मुक्तान, मुकुन्द भट्टराई, हेमकान्त पौडेल, भरत कार्की, हरि पाठक, हस्तकुमारी प्रजा, राजन बर्तौला र उत्तम तिमल्सिना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण