पाकिस्तानी टोलीले भारतमा महिला विश्वकप नखेल्ने
काठमाडौँ । आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करण सन् २०२५ को सेप्टेम्बर २९ देखि अक्टोबर २६ तारिखसम्म भारतमा आयोजना हुँदैछ । महिला विश्वकपमा कुल आठ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा सहभागी हुने आठवटै टोलीको टुङ्गो पनि लागिसकेको छ । प्रतियोगितामा आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र पाकिस्तान सहभागी हुनेछन् । पाकिस्तान छनोट चरणमा आफ्नो सबै खेल जित्दै विश्वकपमा छनोट भएको हो ।
आफ्नो टोली विश्वकपमा छनोट भएलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई आफ्ना वाचा स्मरण गराएका छन् । पीसीबी अध्यक्ष नकवीले महिला विश्वकप खेल्न आफ्नो टोली भारत नपठाउने बताएका हुन् ।
यसअघि, भारतले पनि पाकिस्तानी भूमिमा आईसीसी च्याम्पियन्स ट्रफी र पुरुष एसिया कप खेल्न मानेको थियो । त्यसपछि यी दुबै प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा खेलाइएको थियो । सन् २०२३ को एसिया कपमा भारतीय टोलीले आफ्नो सम्पूर्ण खेल श्रीलंकामा खेलेको थियो ।
यसैगरी यसैवर्ष आयोजित च्याम्पियन्स ट्रफीमा पनि भारतीय टोलीले आफ्नो सम्पूर्ण खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलेको थियो । भारतले सुरक्षाको कारण देखाउँदै लामो समयदेखि पाकिस्तानमा कुनै पनि प्रतियोगिता खेल्न मानेको छैन । च्याम्पियन्स ट्रफीमा क्रममा भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि पाकिस्तानले पनि आगामी तीन वर्षसम्म आफ्नो टोलीले भारतीय भूमिमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने सम्झौता गरेको थियो ।
सोही अनुरुप, अहिले पीसीबी अध्यक्ष नकवीले आफ्नो टोलीले भारतमा महिला विश्वकप नखेल्न अडान लिएका हुन् । ‘म आईसीसीलाई सम्झौता हामीबिच भएको सम्झौता स्मरण गराउन चाहन्छु । महिला विश्वकप पनि अब हाइब्रिड मोडलमै आयोजना हुनुपर्छ । हाम्रो टोली महिला विश्वकप खेल्न भारत भ्रमणमा जाँदैछ,’ अध्यक्ष नकवीले भनेका छन् ।
पीसीबी अध्यक्ष नकवीले पाकिस्तानको खेलका लागि ‘न्यूट्रल भेन्यू’ खोज्ने काम पनि महिला विश्वकपको आयोजक भारतले नै गर्नुपर्ने पनि बताएका छन् । ‘हाम्रो टोलीले भारतमा खेल्दैन । यस्तो स्थितिमा हाम्रा लागि न्यूट्रल भेन्यू खोज्ने काम पनि भारतले नै गर्नुपछै,’ उनले भनेका छन् ।
खासमा, भारत र पाकिस्तानबिचको तनावपूर्ण राजनीति सम्बन्धको असर खेलमा पनि देखिन्छ । खासगरी क्रिकेटमा त झनै बढी राजनीतिको छाया पर्ने गरेको छ । पाकिस्तानले भारतमा सन् २०२३ को आईसीसी पुरुष एकदिवसीय विश्वकप खेलेको थियो ।
भारतले भने सन् २००८ देखि पाकिस्तानमा कुनै पनि प्रतियोगिता खेलेको छैन । यी दुई टोलीबिच अन्तिम पटक सन् २०१२–१३ सिजनमा भारतीय भूमिमा द्विपक्षीय क्रिकेट शृंखला खेलिएको छ । त्यसयता यी दुई टोलीबिच आईसीसी र एसीसीको आधिकारीक प्रतियोगितामात्र खेलिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण