वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने
काठमाडौँ । वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने भएको छ । आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने र सांगीतिक साँझ भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा हुने जानकारी दिइएको छ ।
कार्यक्रममा १ हजार २ सय सम्मको उपस्थिति रहने आयोजकको भनाइ छ । सहभागिताको लागि प्रतिव्यक्ति एक हजार, १ हजार ५ सय र २ हजार ५ सय सम्मको प्रवेश टिकट रहने आयोजकको भनाइ छ । कार्यक्रम स्थलमा विभिन्न उत्पादनहरु एवं विभिन्न परिकारका खानाका स्टलहरुसमेत रहने बताइएको छ ।
पत्रकार सम्मेलनका क्रममा बौल्दै गायक तथा संगीतकार दीप श्रेष्ठले संगीतमा आधुनिकरण बढिरहेको र ट्रयाकमा गाउने कुरा गायकहरुका लागि राम्रो नभएको बताए । उनले समसामयिक गीतहरु लोप हुन थालेकोप्रति चिन्ता व्यक्त गरे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण