नेप्से परिसूचक र कारोबार दुबैमा गिरावट
काठमाडौँ । तीन कारोबार निरन्तर रुपमा वृद्धि भएको नेप्से साताको पहिलो कारोबार दिन घटेर बन्द भएको छ ।
आइतबार नेप्से परिसूचक १६.६८ अंक घटेर २७०६.०४ विन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.५९ अंकले घटेर कारोबार बन्द भएको छ ।
आइतबार नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन कारोबारमा आएका ३२८ कम्प्नीको २ करोड १३ लाख २३ हजार कित्ता शेयर ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । गत बिहीबार साढे १० अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
आइतबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्रै बढेको छ भने ११ उपसमूहको परिसूचकमा गिरावट भएको छ ।
जसमा व्यापार उपसमूहको परिसूचक १.०२ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । तर यता जलविद्युत, अन्य उपसमूह वित्त, होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आईतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य ७.३३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण