१२ दिनकाे अस्पताल बसाईपछि छविलाल जोशी पुन: थुनामा
आइतबार, ०७ वैशाख २०८२, १७ : ४४

बुटवल । बुटवलको सहकारी प्रकरणमा थुनामा रहेका पूर्व डिआइजी छविलाल जोशी १२ दिन पछि आइतबार अस्पतालबाट कारागारमा गएका छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम लगेर गोर्खा मिडिया हिनामिना अभियोगमा माघ महिना देखि जिल्ला कारागार भैरहवामा रहेका जोशीको स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते अस्पतालमा भर्ना गरिएको थियो।
जिल्ला कारागार भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जोशीलाई आज अस्पतालबाट ल्याएर पुन थुनामा राखिएको रातोपाटीलाई बताए।
उनको उपचार भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा भएको थियो । उनलाई प्रेसर र ईन्जाईटिक समस्या देखिएको थियो ।
माघ २८ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग