१२ दिनकाे अस्पताल बसाईपछि छविलाल जोशी पुन: थुनामा
आइतबार, ०७ वैशाख २०८२, १७ : ४४
बुटवल । बुटवलको सहकारी प्रकरणमा थुनामा रहेका पूर्व डिआइजी छविलाल जोशी १२ दिन पछि आइतबार अस्पतालबाट कारागारमा गएका छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम लगेर गोर्खा मिडिया हिनामिना अभियोगमा माघ महिना देखि जिल्ला कारागार भैरहवामा रहेका जोशीको स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते अस्पतालमा भर्ना गरिएको थियो।
जिल्ला कारागार भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जोशीलाई आज अस्पतालबाट ल्याएर पुन थुनामा राखिएको रातोपाटीलाई बताए।
उनको उपचार भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा भएको थियो । उनलाई प्रेसर र ईन्जाईटिक समस्या देखिएको थियो ।
माघ २८ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण