बुटवलको जितगढी किल्लालाई विश्वसम्पदा सूचीकृत गर्न पहल गनुपर्छ – मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलको जितगढी किल्लालाई विश्वसम्पदा सूचीकृत गर्न प्रदेश सरकारले पहल लिने बताएका छन् ।
संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचीकृत गर्ने उल्लेख गर्दै राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताए ।
आज बुटवलमा जित गढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजारसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामकरण गर्न पनि सङ्घीय सरकारसँग पहल गरिने बताए । उनले अङ्ग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने र आत्मविश्वासकै कारण नेपाली फौजले अङ्ग्रेजलाई पराजित गर्न सफल भएको दाबी गरे ।
नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जित गढीमा उत्सव मनाइएको हो । नेपाल–अङ्ग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ । हार व्यहोरेपछि नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौज पछि फर्किएको थियो ।
जित गढी किल्लामा कर्णेल उजारसिंह थापाको नेतृत्वमा नेपाली फौजले १८७२ साल वैशाख ७ गते अङ्ग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो । सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ ।
उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका छन् । गौरवमय इतिहास बोकेको जित गढी किल्लामा नेपाली सेनाले जितेको स्मरण गर्दै उत्सव मनाउने परम्परा कायम गरिएको हो ।
१८७२ वैशाख ७ गते बुटवलको जित गढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अङ्ग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजारसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले १८७१ सालदेखि सुरु भएको पटक–पटकको आक्रमण सामना गर्दै अन्ततः १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो ।
अङ्ग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको इतिहास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण