छानबिन समितिले सुरु गर्यो आनन्दी सदाय मृत्यु प्रकरणमा अनुसन्धान
सिरहा । यहाँको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फुलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले विस्तृत अनुसन्धान सुरु गरेको छ ।
गत पुस ९ गते गाउँकै दुई युवकद्वारा भएको यौन दुर्व्यवहार घटनामा न्याय नपाएपछि वैशाख २ गते सदाय आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको सुक्ष्म अनुसन्धानको लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम गत बिहीबार मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।
सोही समितिले आज पीडितको घरमा पुगी परिवारसँग सोधपुछ गरेको छ । उक्त घटनामा प्रहरीले कमजोरी गरेको भन्ने विषयमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारीका प्रहरी कर्मचारीसँग आवश्यक जवाफ लिने काम भएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले जानकारी दिए । उनले भने, ‘आज प्रारम्भिक चरणको काम मात्र भएको छ । हामीले सुक्ष्म अनुसन्धान सुरु गरेका छौँ, विस्तृत कुराहरू विस्तारै खुल्छन् ।’
माइतीघरमा बस्दै आएकी २४ वर्षीया सदायलाई स्थानीय २२ वर्षिय सञ्जिव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिए पनि आरोपित पक्ष र प्रहरीले पीडितलाई गाउँमै मिल्न दबाब दिएको पीडित पक्षको आरोप छ ।
पछि जिल्लास्थित मानवअधिकारकर्मीसहितको दबाबमा गत फागुन २५ गते जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको थियो ।
आरोपितहरू अझै फरार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण