बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ट्यारिफको पीरले डीएचएलले रोक्यो अमेरिकामा उच्च मूल्यका सामानको डेलिभरी

सोमबार, ०८ वैशाख २०८२, १४ : २७
सोमबार, ०८ वैशाख २०८२

वासिङ्टन डीसी । जर्मन कुरियर कम्पनी डीएचएलले अमेरिकामा उच्च मूल्य पर्ने सामानको डेलिभरी रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार महसुलहरूको घोषणा गरेपछि कम्पनीले अमेरिकामा ८ सय डलरभन्दा बढी मूल्य पर्ने सामानको डेलिभरी स्थगित गरेको हो । 

थप सूचना नआउँदासम्मका लागि भनेर सोमबारदेखि विश्वभरबाट अमेरिका ८ डलरभन्दा बढी मूल्यका सामानको ढुवानी रोकिएको कम्पनीले भनेको छ । 

यो स्थगन अस्थायी भएको बताइएको छ । व्यवसायले व्यवसायलाई गर्ने डेलिभरी चाहिँ बन्द नहुने तर यसमा पनि ढिलाइ हुन सक्ने भनिएको छ । यस अघि २ हजार ५०० डलरसम्मका सामान न्यूनतम कागजी काम गरेर अमेरिका छिर्न सक्थे । तर ट्रम्पको नयाँ ट्यारिफ लागू भएपछि भन्सारमा कठोरका साथ चेकजाँच हुन थालेको छ । 

यस्तोमा भन्सारबाट सामान छिर्नै निकै कष्ट भइरहेको छ । ह्वाइट हाउसले मे २ पछि विशेष गरी चीन र हङकङबाट आउन ८०० डलर भन्दा कम मूल्यको सामानको डेलिभरीमा समेत कडाइ गर्न लागेको छ । तर आफूले यो मूल्यभन्दा कमका सामानको डेलिभरी चाहिँ नरोक्ने कम्पनीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप