मकवानपुर महिला गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने
हेटौँडा । मकवानपुर महिला गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले पाउने पुरस्कारको प्रायोजकको टुंगो लागेको छ । १९ वैशाखबाट हेटौँडामा आयोजना हुने राष्ट्रिय महिला गोल्ड कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाउने पुरस्कार स्वरूप प्रदान गरिने स्कुटरका लागि प्रायोजकको टुङ्गो लागेको हो ।
सो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरस्कार नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् प्रदेश सांसद इन्द्रबहादुर बानियाँले प्रदान गर्ने भएका छन् । मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीलाई स्कुटर पुरस्कार दिने आयोजकले घोषणा गरेको थियो ।
पुरस्कार प्रयोजन गर्ने विषयमा जिल्ला खेलकुद सङ्घ र नेता बानियाँबिच सम्झौता समेत भएको छ । सोमबार नेता बानियाँ र एन्फाका केन्द्रीय सदस्य समेत रहेका सङ्घका जिल्ला अध्यक्ष टिकाराम लामाले सम्झौता पत्र आदानप्रदान गरेका छन् ।
सम्झौता पत्रमा हस्ताक्षरपछि नेता बानियाँले खेलाडी प्रोत्साहनका लागि आफूले सहयोग गर्न चाहेको बताएका छन् । खेलाडी बिदेसिने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै उनले स्वदेशमै खेलेरै जीवन धान्ने अवस्थाको लागि नीति र विधि बनाउन आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै सङ्घका अध्यक्ष लामाले बानियाँको सहयोगले आफूहरूलाई प्रतियोगिता सञ्चालनमा हौसला मिलेको बताए ।
यसअघि छैटौँ संस्करणसम्म पुरुष गोल्ड कप प्रतियोगिताको रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस पटकबाट महिला गोल्ड कपका रूपमा आयोजना हुन लागेको हो । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद ५ लाख र उपविजेता टोलीले ३ लाख प्राप्त आयोजकले छ ।
हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, नेपाल पुलिस, एपिएफसहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरी आठ वटा क्लबले सहभागिता जनाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण