गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा

काठमाडौँ । गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न माग गर्दै परेको रिट र उक्त रिटमाथिको पूरक निवेदनको पेसी आज पनि इजलासको पुछारमा पेसी तोकिएको छ ।
अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासमा १७ औँ नम्बरमा तोकिएको हो । उक्त इजलासमा आज १९ वटा रिटमाथि सुनुवाइ हुँदै छ ।
गएको चैत १८ गते अर्थ मन्त्रालयले अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र ‘मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।
उक्त संशोधनविरुद्ध चैत ३१ गते सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले गत वैशाख २ गते तत्काल उक्त संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अल्पकालीन आदेशका लागि आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
यसैबिच गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई नियुक्ति गर्न लागिएको समाचार बाहिरिएपछि अधिवक्ताद्वयले गत शुक्रबार पूरक निवेदन दिएका थिए ।
आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त रिट र निवेदनमाथि पेसी तोकिएकोमा ४० औँ नम्बरमा पुछारमा रहेको थियो ।
सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि १३ औँ नम्बरमा पेसी तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने