शंखरापुर हत्या प्रकरण : आरोपी र मृतक ३ महिनादेखि सँगै बस्थे, मदिराले मातेर हत्या
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा वैशाख ७ मा पुतली तामाङको हत्या भयो । सिन्धुली माइती भएर आफ्ना दुई बच्चासँगै शंखरापुरमा बस्दै आएकी पुतलीको खुकुरी प्रहार गरेर हत्या गरिएको प्रहरीको निष्कर्ष छ ।
हत्यामा संलग्न आरोपी रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका पदमबहादुर तामाङ फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘आरोपी फरार छन्, हत्याको यकिन कारण खुलेको छैन ।’
पदम र पुतलीले वैधानिक रूपमा विवाह गरेका छैनन् । तर, ५८ वर्षका पदम २०८१ माघ महिनादेखि पुतलीसँगै बस्दै आएको छिमेकीहरूले बताएका छन् । यसअघि दुई जनासँग विवाह गरेका पदमले मादक पदार्थ सेवन गरेर पुतलीको हत्या गरेका हुन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘मदिरा सेवन गरेर घाँटीमा अगाडीपट्टिबाट रेटेर हत्या गरेको देखिन्छ ।’
हत्यापछि पुतलीसँगै रहेका दुई जना नाबालकलाई पनि आक्रमण गरेर उनी फरार भएका हुन् । घाइते अवस्थामा भेटिएका ११ वर्षीय बालक र १० वर्षीया बालिकाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरू खतरा मुक्त छन् । मृतकको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
-
गणेश नेपालीको निधनप्रति रास्वपा मुगुद्वारा निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग
-
विपद् सम्बन्धी गुनासो र सूचनाका लागि नयाँ टोल फ्री नम्बर ‘१२३४’ सञ्चालनमा, सिधै जिल्लामै फोन जाने
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण