विद्यालय खोल्न अभिभावक आन्दोलनमा
पाल्पा । लामो समयदेखि शिक्षकहरूको आन्दोलन कारणले विद्यालय बन्द भएपछि आज पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका छन् ।
पाल्पा जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् ।
उनीहरूले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दाबाद, जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।
अभिभावकले समेत विद्यालय खोल्न दबाब दिएपछि ज्ञानोदय आधारभूत विद्यालयका पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले बताए ।
उनले विद्यार्थीहरूप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको भन्दै आन्दोलन पछि अभिभावक, विद्यार्थी र शिक्षकहरू बोलाएर विद्यालय खोल्ने विषय भएपछि पठन पाठन सुरु भएको बताए ।
अभिभावकहरूले बच्चाहरूको पठाइ बिग्रिएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण