आमाद्वारा ४ महिनाको बच्चालाई ढुङ्गा प्रहार गरी हत्या

तनहुँ । तनहुँमा एक आमाले आफ्नै ४ महिनाको बच्चालाई ढुंगा प्रहार गरी हत्या गरेकी छन् । प्रहरीले हत्या आरोपमा नवलपरासी बैदिकाली गाँउपालिका-२ अर्मले घर भएकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव निरीक्षक अशोक थापाका अनुसार कमला सोमबार तनहुँको घिरिङ गाउँपालिका-४ थामडाँडास्थित माइतीघर आइरहेकी थिइन् । साँझ करिब ७ बजेको समयमा भीमादबाट नवलपरासी सुस्ता पूर्व डेढगाउँ जाने सडक खण्डमा उनले आफ्नै ४ महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानी गम्भीर घाइते बनाएकी थिइन् ।
स्थानीयले घाइते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा उपचारको क्रममा सोमबार राति साढे ९ बजेको समयमा मृत्यु भएको प्रहरी नायव निरीक्षक थापाले बताए । कमलालाई इलाका प्रहरी कार्यालय डेढगाँउ नवलपरासीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ उपस्थित गराएको थियो ।
प्रारम्भिक अनुसन्धानपछि कमलालाई कर्तव्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप : विजेतालाई ५० र उपविजेतालाई ३० करोड नगद पुरस्कार
-
'सगरमाथा संवाद' उद्घाटन (लाइभ)
-
परापूर्वकालदेखि नै राज्य निर्माणमा मुस्लिम समुदायको महत्त्वपूर्ण योगदान छ : राष्ट्रपति
-
चेतना अभावले गम्भीर बन्दै ‘डोपिङ’ समस्या, न नीति छ, न पर्याप्त बजेट
-
नेपाली खेलकुदमा डोपिङसम्बन्धी चेतना अभाव छ
-
खेल हङ्कङ र बहराइनबिच, नतिजाको प्रतीक्षामा नेपाल