आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औँ खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्ससामु जितका लागि १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लखउनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो । खेलमा लखनउले उत्कृष्ट सुरुवात गरेको थियो ।
ओपनरद्वय ऐडन माक्र्रम र मिचेल मार्सले पहिलो विकेटका लागि ८७ रन जोडे । माक्र्रमले ३३ बलमा ५२ रन बनाए । उनले २ चौका र ३ छक्का हिर्काए ।
मार्सले ३६ बलको सामना गर्दै ४५ रन बनाए । उनले ३ चौका र १ छक्का हिर्काए । त्यसपछि भने दिल्लीले खेलमा पुनरागमन गर्यो । निकोलस पुरन, अब्दुल सामद र डेविड मिलर सस्तोमा पभेलियन फर्किए ।
खेलको अन्त्यतिर अयुश बडोनीले २१ बलमा ३६ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ६ चौका हिर्काए ।
दिल्लीका लागि मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । मिचेल स्टार्क र दुशमन्था चमिराले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
-
रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण