बाढीले क्षतिग्रस्त खिम्ती–किर्नेटार सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान
बुधबार, १० वैशाख २०८२, ११ : ५५
काठमाडौँ । बाढीले क्षतिग्रस्त तामाकोशी– मिल्टि सडक अन्तर्गत खिम्ती– किर्नेटार सडक खण्डको ठेक्का आह्वान भएको छ । सडक डिभिजन खाल्टे सिन्धुलीले मंगलबार एक सूचना जारी गर्दै ठेक्का आह्वान गरेको हो ।
गत असोजको दोस्रो साता आएको बाढीले यो खण्ड करिब १ किलोमिटर सडकमा क्षति पुगेको थियो । उक्त खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान भएको मितिले ३० दिनभित्र आवेदन दिनुपर्ने सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए । साथै उक्त खण्ड निर्माणका लागि ठेक्का सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
उक्त सडक पुनर्निर्माणका लागि सरकारले २५ करोड ३० लाख रुपैयाँ बजेट स्रोत सुनिश्चितता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण