वर्तमान सरकार पूर्णरुपमा असफल : माओवादी केन्द्र
बुधबार, १० वैशाख २०८२, १४ : ०२
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कांग्रेस-एमाले नेतृत्वको गठबन्धन सरकार पूर्णरुपमा असफल भएको बताएको छ ।
बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकार प्राविधिक रूपमा मात्र अस्तित्वमा रहेको बताएका हुन् ।
‘वर्तमान गठबन्धन सरकार राजनीतिक रूपमा अस्तित्व गुमाइसकेकाे छ । प्राविधिक रुपमा अस्तित्वमा रहेको त छ, तर एक दिन पनि सरकारमा बस्ने नैतिकता गुमाइसकेको छ । पूर्ण असफल भइसकेको छ’, उनले भने ।
दुई दलीय गठबन्धन सरकारले आफ्ना भ्रष्टहरूलाई जोगाउने गरेको र इमान्दार व्यक्तिहरूलाई छानिछानि कारबाही गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण