ट्रम्पले किन भने चीनमाथि लगाइएको ट्यारिफमा उल्लेख्य कमी आउँछ ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा सम्भावित यू–टर्नप्रति सङ्केत गरेका छन् ।
चीनबाट अमेरिका आउने सामानमाथि आफ्नो प्रशासनले लगाएको ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुलमा उल्लेख्य कमी आउने कुरा गरेका छन् ।
तर यो शून्यमै भने नआउने बताइएको छ । मङ्गलबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
हप्तौँसम्म चीनसँग जस्तालाई त्यस्तै गर्ने कठोर नीतिपछि ट्रम्पले केही लचिलो बन्ने सङ्केत गरेका छन् । अर्को देशले आफ्नो देशमा बनेका सामानमाथि लगाएको ट्यारिफको प्रतिकार गर्ने होडबाजीका बीचमा अमेरिकामा भित्रिने चिनियाँ सामानमा अतिरिक्त भन्सार महसुल बढेर १४५ प्रतिशतमाथि उक्लिएको छ ।
‘१४५ प्रतिशत निकै धेरै हो र यो यति धेरै हुने छैन ।’ ओभल अफिसमा पत्रकारहरूसँग प्रश्नोत्तर सत्रमा ट्रम्पले भने ।
‘यसमा उल्लेख्य कमी आउनेछ । तर यो शून्य पनि हुने छैन ।’ उनले भने । मङ्गलबार अर्थमन्त्री स्कट बेसेन्टले जेपी मोर्गन चेजले आयोजना गरेको निजी लगानी सम्मेलनमा अमेरिका र चीनबिचको उच्च ट्यारिफले दुई देशबिचको व्यापारमा ठप्पै भएको भनेका थिए । उनको यस अभिव्यक्तिबारे सोधिएको प्रश्नपछि ट्रम्पले सो कुरा बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण