साउदीबाट फर्किँदा पाकिस्तानी हवाई क्षेत्र छलेर आए मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि आफ्नो साउदी अरेबिया भ्रमण छोट्याएर भारत फर्किएका छन् । तर, भारत फर्कने क्रममा मोदी चढेको विमानलाई डाइभर्ट गरिएको थियो ।
यो विमान पाकिस्तानी हवाई क्षेत्र भएर आएन । विमान भारतीय प्रायद्वीपबाट अरब सागर हुँदै गुजरात भएर दिल्ली पुगेको थियो । साउदी जाँदा मोदी चढेको विमान पाकिस्तानको हवाई क्षेत्र भएर गएको थियो ।
मोदी दुई दिने भ्रमणका क्रममा मङ्गलवार साउदी अरब गएका थिए । तर सोही दिन पहलगाममा आतङ्कवादी हमलाको जानकारी पाएपछि उनी राति नै भ्रमणलाई बिचैमा छोडेर भारत फर्किए ।
रिपोर्टका अनुसार साउदी युवराजसँगको द्विपक्षीय सम्बन्धमा छलफल पछि मोदी रात्रि भोजमा बसेनन् । मध्यरात पछि लगभग २ बजे मोदी भारत फर्किए । दुई दिने भ्रमण पूरा गरेर मोदी बुधवार मात्रै स्वदेश फर्कने कार्यक्रम थियो ।
फर्कने क्रममा मोदीको विमानले आफ्नो रुट परिवर्तन गर्यो । उडान ट्र्याक गर्ने वेबसाइटका अनुसार जाँदा मोदी सवार भारतीय वायुसेनाको विमान पाकिस्तानी हवाई क्षेत्र भएर गएको थियो । तर फर्कने यात्रामा, विमान सिधै अरब सागर हुँदै भारतीय प्रायद्वीप पार गरेर गुजरातको आकाशमा छिर्यो अनि दिल्ली पुग्यो ।
यतिबेला विमानले पाकिस्तानको हवाई क्षेत्रलाई छल्यो । आतङ्कवादी हमलापछि सुरक्षाको कारणले विमानको रुट परिवर्तन गरिएको विश्वास गरिएको छ । विमान नयाँ दिल्लीको पालम विमानस्थलमा अवतरण गरेपछि प्रधानमन्त्री मोदीले विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरे ।
यसअघि नै मोदीले गृहमन्त्री अमित शाहसँग फोनमा कुरा गरेर आवश्यक कदम चाल्न र कश्मीर पुग्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य