गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा देखिएको ‘सुरक्षा त्रुटि’बारे आन्तरिक छानबिन भइरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । बुधवार पत्रकारहरूसँग कुरा गर्दै लेखकले भने, ‘आन्तरिक छानबिन भइरहेको छ ।’
आगजनी र तोडफोडमा संलग्नहरूबारे समग्रमा र सुरक्षाकर्मीको तर्फबाट भएको चुकबारे आन्तरिक छानबिन भइरहेको उनको भनाइ थियो । मन्त्री लेखकले भने, ‘सो घटनाको निष्पक्ष र गहिरोसँग छानबिन गरिन्छ ।’
उपत्यका प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा खनाल सहित ७ जना सदस्य छन् ।
तीनकुनेमा मृत्यु भएका सविन महर्जन र सुरेश रजकको परिवारलाई छिट्टै राहत उपलब्ध गराइने उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘मन्त्रीपरिषद्को निर्णय अनुसार मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउँछौँ ।’
नीतिगत र कानुनी सुधार आफ्नो मुख्य प्राथमिकतामा रहेको बताउँदै लेखकले नागरिकता सम्बन्धी नियमावली र हज सम्बन्धी नियमावली परिमार्जनको लागी मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिए ।
उनले भने, ‘कारागार नियमावली पनि मन्त्रिपरिषद्मा अब बस्ने मन्त्रिपरिषद्मा पेस हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण