स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने

काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकहरूको तलब निकासा गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले एक विज्ञप्ति जारी गर्दै शिक्षक, कर्मचारी तथा बाल विकास शिक्षकहरूको विद्यालयमा पढाइ भएको दिनदेखिको मात्रै तलब निकास गर्ने जनाएका हुन् ।
“हरिनास गाउँपालिकाभरका विद्यालयहरूका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरूको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुनेछ ।” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू २२ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन्। उनीहरूले शैक्षिक हड्ताल नै घोषणा गरेर आन्दोलन गर्दै आएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका हुन् ।
आन्दोलनको क्रममा कुनै पनि शैक्षिक कार्यक्रममा सहभागी नहुने बताउँदै आएका छन्। जसका कारण भोलीबाट हुन लागेको कक्षा १२ को परीक्षा समेत वैशाख २१ गतेदेखिका लागि सरेको छ ।
आन्दोलनमा रहँदा समेत शिक्षकहरूले तलब भत्ता लिँदै आएका छन्। उनीहरूले ट्रेड युनियन अधिकार अन्तर्गत आन्दोलनका क्रममा समेत तलब भत्ता लिन पाउने दाबी गर्दै आएका छन्।
तर, हरिनास गाउँपालिकाले भने शिक्षकलाई पढाई भएको दिनदेखिबाट मात्रै तलब दिने प्रस्ट पारेको हो । गाउँपालिकाले शिक्षकहरूलाई विद्यालय खोल्न र पठनपाठन गर्न समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी ट्रेड युनियन महासंघको अध्यक्षमा दाहाल
-
वीरगञ्जमा अवैध प्रवेश रोक्न ‘स्पेसल डग’ परिचालन
-
केही घण्टाकै अन्तरमा चुँडियो इतिहास रच्ने दुई हस्तीको सपना
-
राजनीतिक विषयमा फेरि चिप्लियो प्रहरी
-
नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ : उपप्रधानमन्त्री सिंह
-
६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण