स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने
काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकहरूको तलब निकासा गर्ने भएको छ ।
गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले एक विज्ञप्ति जारी गर्दै शिक्षक, कर्मचारी तथा बाल विकास शिक्षकहरूको विद्यालयमा पढाइ भएको दिनदेखिको मात्रै तलब निकास गर्ने जनाएका हुन् ।
“हरिनास गाउँपालिकाभरका विद्यालयहरूका शिक्षक, कर्मचारी तथा बाल शिक्षकहरूको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुनेछ ।” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू २२ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन्। उनीहरूले शैक्षिक हड्ताल नै घोषणा गरेर आन्दोलन गर्दै आएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित नेपाल शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका हुन् ।
आन्दोलनको क्रममा कुनै पनि शैक्षिक कार्यक्रममा सहभागी नहुने बताउँदै आएका छन्। जसका कारण भोलीबाट हुन लागेको कक्षा १२ को परीक्षा समेत वैशाख २१ गतेदेखिका लागि सरेको छ ।
आन्दोलनमा रहँदा समेत शिक्षकहरूले तलब भत्ता लिँदै आएका छन्। उनीहरूले ट्रेड युनियन अधिकार अन्तर्गत आन्दोलनका क्रममा समेत तलब भत्ता लिन पाउने दाबी गर्दै आएका छन्।
तर, हरिनास गाउँपालिकाले भने शिक्षकलाई पढाई भएको दिनदेखिबाट मात्रै तलब दिने प्रस्ट पारेको हो । गाउँपालिकाले शिक्षकहरूलाई विद्यालय खोल्न र पठनपाठन गर्न समेत भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण