‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’
तनहुँ । लोकतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घले आज दमौलीमा गरेको कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकामा जोड दिएका छन् । त्यस अवसरमा व्यास नगरपालिका नगरसभा सदस्य सुरेश वाग्लेले लोकतन्त्र नै सर्वोत्कृष्ट शासन व्यवस्था भएको बताउँदै अन्य विकल्पको खोजी हुन नहुने बताए ।
लायन्स क्लब अफ तनहुँका पूर्वअध्यक्ष कृष्णहरि गैरेले नागरिकको हकअधिकार स्थापित गर्न लोकतन्त्र सुन्दर पक्ष भएकाले यसको सुदृढीकरण अपरिहार्य भएको विचार व्यक्त गरे । शिक्षक सङ्घका पूर्वअध्यक्ष कमलभक्त पोखरेलले समाजमा लोकतन्त्र रक्षाको लागि नेताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
बालअधिकारकर्मी सुशीला शर्मा, अधिकारकर्मी सरिता थापा भण्डारी र गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष सरलादेवी श्रेष्ठलगायत वक्ताले लोकतन्त्रको रक्षाका लागि तीनवटै तहका सरकारले प्रभावकारी काम गर्न आवश्यक रहेको बताए ।
तत्कालीन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फिर्ता’ गरेको २०६३ वैशाख ११ गतेको स्मरणमा २०६४ सालदेखि हरेक वर्ष लोकतन्त्र दिवस मनाउन प्रारम्भ भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण