चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
विराटनगर । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल चिकित्सक सङ्घ, कोशीले शुक्रबार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ ।
सङ्घले बिहीबार बेलुका एक विज्ञप्ति जारी गर्दै शुक्रबार सम्पूर्ण निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरूमा आकस्मिक बाहेक अन्य सेवाहरू सञ्चालन नगर्न व्यवस्थापन पक्षलाई आग्रह गरिएको छ ।
यसअघि चिकित्सक सङ्घ कोशीले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आवासीय चिकित्सकहरूको माग सम्बोधन गर्न माग गरेको हो ।
चिकित्सक सङ्घ कोशी प्रदेशका महासचिव डा.बालकृष्ण साहले तीन वटा माग सम्बोधन गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिए । सङ्घका अध्यक्ष डा. राजेन्द्र चौधरीको नेतृत्वमा आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएपछि कहिबेर धर्नासमेत दिएको थियो ।
यस्तै प्रकृतिको विरोधसहित चिकित्सक सङ्घ कोशी प्रदेशका प्रतिनिधि र इनरुवा अस्पतालका चिकित्सकसहितको टोलीले सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा उल्लेख गरिएको मागहरूमा आवासीय चिकित्सकलाई आठौँ तहका चिकित्सक सरहको सेवा, सुविधासहित निर्वाह भत्ता दिने भनी गरिएको निर्णय निजी मेडिकल कलेजमा समेत लागू गर्नुपर्ने रहेको छ ।
त्यसैगरी आवासीय चिकित्सकहरूको कार्य समय सम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड निर्माण गर्नुपर्ने र चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर रहेको छ । वैशाख ११ गतेसम्म माग सुनुवाइ नभए वैशाख १२ गतेदेखि आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्दै आन्दोलन चर्काउने चेतावनी चिकित्सक सङ्घ कोशीले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण