कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो सडक मर्मत गर्नुपर्ने भएकाले आगामी वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कान्ति लोकपथमा बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको हो । सूचना अनुसार मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारको कार्य भइरहेको छ ।
ठिंगन–बगुवा सडक खण्ड अन्तर्गत गंगटे नजिकैको भर्याङ डाँडामा सडकको चौडाइ विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म (१५ दिन) उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने भएको हो ।
सो अवधिमा दैनिक ६ घण्टा उक्त सडकमा यातायात आवागमन बन्द रहने भएकोले सो अवधिमा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । सो सडक कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुर मार्फत ठेक्का लागेर एमएस सर्वशक्ति पञ्चकन्या सनस्टार जेभीले निर्माण गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण