पर्यटन प्रवर्द्धन गर्न हेटौँडा- सौराहा साइकल यात्रा
हेटौँडा । पर्यटन प्रवर्द्धनका लागि ५०० जना बढी साइकल यात्रीसहित राइड हेटौँडा टु सौराहा– २०८२’ शुक्रबारबाट सुरु भएको छ । स्वास्थ्य, वातावरण तथा पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा तथा साइकल सिटी मकवानपुरको समन्वयमा साइकल यात्रा गरिएको हो ।
हेटौँडाको बुद्धचोकबाट पन्चैबाजा, नेवारी वाजा, खैजेडी भजनसहित उद्घाटन गरिएको कार्यक्रमको समापन भने आज दिउँसो सौराहामा गरिने छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गरिएको साइकल यात्रामा देशका विभिन्न क्षेत्रका साइकल यात्रीहरू सहभागी भएका छन् ।
यात्रामा १४ वर्ष भन्दा बढी उमेर समूहका साइकल यात्रीको सहभागिता रहेको छ । ५६१ जना साइकलयात्रीको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए ।
उनले साइकल स्वास्थ्यका लागि अति उपयोगी साधन भएको र यसको प्रवर्द्धन र विकासका लागि सबै लाग्नुपर्ने बताए । साइकल यात्रामा २४ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । हेटौँडा उपमहानगरपालिकादेखि चितवन जिल्लासम्मको ७५ किलोमिटरको दुरीमा सहभागीहरूले यात्रा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण