अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पताल निर्माण गरेर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता नहुने बताएका छन् । उनले नागरिकको स्वास्थ्य सम्बन्धी अधिकार सुनिश्चितताको लागि सबै क्षेत्रले गम्भीरताका साथ लिनु पर्ने बताए ।
हेटौँडामा शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सबै नीतिमा स्वास्थ्य नीति कार्यान्वयन निर्देशिका सार्वजनिकीकरण गर्दै मुख्यमन्त्री लामाले सबै मन्त्रालयहरूले नागरिकको स्वास्थ्य प्रति सचेत रहेर विकास आयोजना सञ्चालन गर्नुपर्ने बताए ।
उनले आगामी बजेटमा स्वास्थ्य नीतिलाई प्राथमिकतामा राखेर मन्त्रालयहरूले विकास बजेट तयार गर्नुपर्ने धारणा व्यक्त गरे ।
‘अस्पताल भवन बनाएर औजार उपकरण किनेर मात्र नागरिकको स्वास्थ्य अधिकार प्राप्त हुँदैन । सबै मन्त्रालयहरूले नागरिकको स्वास्थ्यको अधिकार प्रति गम्भीरताका साथ लिनुपर्छ ।’ उनले भने, ‘सबे मन्त्रालयहरूले बजेट कार्यक्रममा स्वास्थ्य अवस्थालाई मध्ये नजर गरेर विकास आयोजना सञ्चालन गर्नुपर्छ । वन, वातावरण, भौतिक पूर्वाधार, यातायात, खानेपानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्धारण सहित कार्यक्रम अघि बढाउनुपर्छ ।’
सरकारले विकास आयोजना र सेवा प्रवाहलाई पनि स्वास्थ्यका हिसाबले महत्वका साथ लिएको उनले बताए । प्रदेश सरकारले विकास आयोजनालाई सन्तुलित र व्यवस्थित पमा अघि बढाउन सबै नीतिमा स्वास्थ्य नीति लागु गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले संसद्मा भन्यो– सरकारका कारण युवाहरूको आशा निराशामा परिणत भयो
-
निर्माण व्यवसायी महासंघले माग्यो ठेक्का तोडिएका आयोजनाको विवरण
-
सांसद श्रेष्ठको प्रधानमन्त्रीलाई प्रश्न : भारतले मागे के दिनुहुन्छ ?
-
ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)
-
बिना तयारी सुकुमबासी बस्ती हटाउँदा ९ जनाको मृत्यु
-
गणेश नेपालीको अग्नि विद्रोह र गोठालो पुँजीवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण