इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प
शुक्रबार, १२ वैशाख २०८२, १८ : ५३

काठमाडौँ । इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) का अनुसार इक्वेडरको तट नजिकै शुक्रबार साँझ ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प २३ किलोमिटर (१४.२९ माइल) को गहिराइमा रहेको ईएमएससीले जनाएको छ।
भूकम्पबाट भवनहरू क्षतिग्रस्त भएका छन् भने हताहतको तत्काल कुनै रिपोर्ट प्राप्त नभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इक्वेडरको भूकम्पीय प्रकोपहरूको लामो र पीडादायी इतिहास छ। सन् २०१३ मा, उत्तरी पेरु र दक्षिणी इक्वेडरलाई प्रभावित गरेको भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको थियो र घर, विद्यालय र स्वास्थ्य क्लिनिकहरू ध्वस्त भएका थिए।
तीन वर्ष पछि, २०१६ मा, ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले कम्तिमा ७७ जनाको ज्यान लिएको थियो भने ५०० भन्दा बढी घाइते भए।