इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प
शुक्रबार, १२ वैशाख २०८२, १८ : ५३
काठमाडौँ । इक्वेडरको तट नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) का अनुसार इक्वेडरको तट नजिकै शुक्रबार साँझ ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प २३ किलोमिटर (१४.२९ माइल) को गहिराइमा रहेको ईएमएससीले जनाएको छ।
भूकम्पबाट भवनहरू क्षतिग्रस्त भएका छन् भने हताहतको तत्काल कुनै रिपोर्ट प्राप्त नभएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इक्वेडरको भूकम्पीय प्रकोपहरूको लामो र पीडादायी इतिहास छ। सन् २०१३ मा, उत्तरी पेरु र दक्षिणी इक्वेडरलाई प्रभावित गरेको भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको थियो र घर, विद्यालय र स्वास्थ्य क्लिनिकहरू ध्वस्त भएका थिए।
तीन वर्ष पछि, २०१६ मा, ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले कम्तिमा ७७ जनाको ज्यान लिएको थियो भने ५०० भन्दा बढी घाइते भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण