‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादबारे सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले नेपालमा उत्पादित कतिपय वस्तुहरूको ट्रेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताएका हुन् ।
उनले नेपालको कानुनले बौद्धिक सम्पत्तिको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि बताए। बौद्धिक सम्पत्तिसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूले विशेष उद्योगको रूपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरूलाई रचनात्मक सहयोग पुग्ने उनको भनाइ थियो ।
उनले भने, ‘खास गरी यो विश्व बौद्धिक संगठनले तय गर्ने नारा र यस दिवसले विश्वभर आयोजना गर्ने कार्यक्रमले बौद्धिक सम्पत्ति अधिकार र नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन गर्न सहयोग पुगेको म यहाँ राख्न चाहन्छु । खास गरेर संगीतको रचनालाई प्राथमिकता दिएर यसको थिम नै यसरी गरेको हुनाले यस क्षेत्रमा लाग्ने सबै सरोकारवाला पक्षलाई बधाई पनि दिन चाहन्छु । गीत संगीतको क्षेत्र जुन उद्योगको रूपमा विकास भइरहेको छ । आउने दिनमा थप प्रोत्साहन गर्न सपोर्ट हुनेछ । सदस्य राष्ट्रको रूपमा नेपालले यस्तो कार्यक्रम गर्दा जनचेतना आउने कुरामा पनि सपोर्ट गरेको कुरा राख्न चाहन्छु ।’
अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठुलो मूल्य हुने भएकाले औद्योगिक सम्पत्तिको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण