भारत छाडेर लन्डनमा किन सिफ्ट भए विराट–अनुष्का ?
लन्डन । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा लन्डन सिफ्ट भएका छन् । भारत छाडेर यो जोडी लन्डन बस्न थालेको समाचारमा उल्लेख छ ।
केही महिना पहिले अभिनेत्री माधुरी दीक्षितको पति डाक्टर श्रीराम नेनेले आफ्नो युट्युब च्यानलमा रणवीर इलाहाबादियालाई बोलाएका थिए । शोमा दुबैले विराटप्रति आफ्नो निकटताबारे कुराकानी गरेका थिए । यति नै बेला डाक्टर नेनेले आफूले एक दिन अनुकष्कासँग कुराकानी गरेको र यसबाट दम्पत्तिबारे केही रोचक कुरा थाहा भएको बताएका थिए ।
‘उनीहरू लन्डनमा सिफ्ट हुनेबारे सोचिरहेका थिए, किनकि यहाँ उनीहरूले आफ्नो सक्सेस इन्जोय गर्न पाइरहेका थिएनन् । हामी उनीहरूको कुराको सराहना गर्छ, किनकि उनीहरू जे पनि गर्छन् यसबाट अटेन्शन पाउँछन्,’ नेनेले भनेका थिए ।
कुराकानीका क्रममा नेनेले यो पनि भनेका थिए कि कोहली दम्पतीले आफ्ना सन्तानलाई ग्लेमरको दुनियाँबाट पर सामान्य ढंगले हुर्काउन चाहेको र लन्डन सिफ्ट हुनुको उनीहरूको उद्देश्य यही भएको बताएका थिए । अनुष्का र विराटको बिहे २०१७ को डिसेम्बरमा भएको थियो । उनीहरूको दुई सन्तान छन्– छोरी वामिका र छोरा अकाय ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण