सांसद माया राईविरुद्ध पूरक अनुसन्धान, आज म्याद थप गरिँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्य माया राईविरुद्ध प्रहरीले पूरक अनुसन्धान गर्ने भएको छ । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी राई शनिवार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् ।
उनी कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेको रकम अपचलनमा संलग्न भएको आरोप छ । उनीविरुद्ध ठगी र सङ्गठित अपराध मुद्दामा पूरक अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘आज अदालतबाट म्याद लिएर पूरक अनुसन्धान अघि बढाउँछौँ ।’
भोजपुर घर भएकी राई नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन् । उनले सुरुमा स्वर्णलक्ष्मीको सदस्य र पछि सहसचिव भएर काम गरेकी थिइन् ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर प्रहरीले यसअघि नै जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । प्रहरीले २०८१ पुस २१ मा सङ्गठित रूपमा ठगी गरेको कसुरमा पहिलो पटक अभियोगपत्र दायर गरेको थियो ।
राईविरुद्ध पनि ठगी र सङ्गठित अपराध मुद्दामा म्याद लिएर बयान लिइने एसपी बोहराले जानकारी दिए । उनले भने, ‘म्याद थप गरेपछि बयान लिने र थप प्रमाण सङ्कलन गरेर पूरक अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण