अदालत
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
आइतबार, १४ वैशाख २०८२, १७ : १७
काठमाडौँ । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यादवलाई हिरासतमा राख्नुको कारण देखाउन जिल्ला प्रहरी परिसर ललितपुरका नाममा आदेश जारी गरेको हो ।
यादवलाई गत वैशाख ७ गते प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो । ललितपुर प्रहरीमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात गरेको भन्दै जाहेरी दर्ता भएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको थियो । हाल म्याद थप गरि गरलाई परिसरको हिरासतमा राखिएको छ ।
यादवको तर्फबाट श्रीमती ललिताकुमारी यादवले शुक्रबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण