अदालत
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
आइतबार, १४ वैशाख २०८२, १७ : १७

काठमाडौँ । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले यादवलाई हिरासतमा राख्नुको कारण देखाउन जिल्ला प्रहरी परिसर ललितपुरका नाममा आदेश जारी गरेको हो ।
यादवलाई गत वैशाख ७ गते प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको थियो । ललितपुर प्रहरीमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात गरेको भन्दै जाहेरी दर्ता भएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको थियो । हाल म्याद थप गरि गरलाई परिसरको हिरासतमा राखिएको छ ।
यादवको तर्फबाट श्रीमती ललिताकुमारी यादवले शुक्रबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्यूएफएक्सको जागिर आकर्षक लाग्यो, धेरै सुविधा भएकाले रोजेँ’
-
बयानका लागि सहसचिव भट्टराई अख्तियारमा
-
लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार
-
औद्योगिक घरानाहरूलाई फिल्म हलमा आकर्षित गराएर रोजगारी बढाउनुपर्छ
-
रास्वपा र राप्रपाले संसदमा विरोध जारी राख्ने
-
बिचौलियाको सिन्डिकेट जनप्रतिनिधि संस्थाभन्दा बलियो छ : विराजभक्त श्रेष्ठ