संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट छनोट गरेको छ । आइतबार बसेको समितिको बैठकले सर्ट लिस्ट छनोट गरेको हो । उनीहरुको नाम आजै राति मन्त्रालयको वेवसाइटमा प्रकाशित गर्ने तयारी भएको समितिले जनाएको छ ।
समितिले मागेको आवेदनमध्येबाट आयोग अध्यक्ष तथा सदस्यहरुको सर्ट लिस्ट छनोट गरेको सिफारिस समितिका प्रवक्ता डा. लिली थापाले जानकारी दिइन् ।उनका अनुसार ३४ जनाको नाम सर्ट लिस्टमा छ । जसमध्ये ८ जना अध्यक्ष र २४ जना सदस्यका लागि सर्ट लिस्टमा परेका हुन् ।
आयोगका लागि समितिको आहनअनुसार १११ जनाले निवेदन दिएका थिए । ती मध्येबाट सर्ट लिस्ट तयार गरेको प्रवक्ता थापाले जानकारी दिइन् । ‘३४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । त्यसमध्ये ८ जना अध्यक्ष र २४ जना सदस्यका लागि छन्’, प्रवक्ता थापाले रातोपाटीसँग भनिन्, ‘सर्ट लिस्टमा परेका नामहरुप्रति उजुरी दिने समय बैशाख २० गतेसम्मलाई तोेकिएको छ ।’
यसअघि समितिले चैत २८ गते सूचना प्रकाशित गर्दै व्यक्तिगत तथा संस्थागत तर्फबाट आवेदन आह्वान गरेको थियो । सरकारले गत चैत ११ गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो ।
समितिलाई २ महिनाको समयसीमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण